नयाँ वर्षकाे पहिलाे दिन तालबाराही र विन्ध्यवासिनीमा भिड

 वैशाख १, २०७९ बिहीबार १९:५२:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – नेपाली नयाँ वर्षको पहिलो दिन आज बिहीवार पोखराको तालबाराही र विन्ध्यवासिनीलगायतका मन्दिरमा दिनभर दर्शनार्थीको भिड लागेको छ । फेवातालको बीचमा रहेको तालबाराही मन्दिरमा दर्शन गर्नाका लागि कास्कीसहित छिमेकी जिल्लाबाट दर्शनार्थी मन्दिरमा दर्शन गर्न पोखरा आएका छन् ।

दर्शनका लागि फेवातालमा डुङ्गा चढेर तालबाराही मन्दिरमा दर्शन गर्न जाने दर्शनार्थीको दिनभर भिड लागिरह्याे । तालबाराही मन्दिर दर्शन गर्नाले मनोकाङ्क्षा पूरा हुने विश्वासका कारण पनि वर्षैपिच्छे दर्शनार्थीकाे भिड लाग्ने गरेको तालबाराही व्यवस्थापन समितिको सदस्य हरिराज कोइरालाले बताउनुभयो । उहाँले तालबाराहीमा वैशाख १ गते मेला नै लाग्ने गरेकाले एकै दिनमा ५० देखि ६० हजार जनासम्मले दर्शन गर्ने आँकलन गरिएको बताउनुभयो ।

तालबाराही मन्दिरमा दर्शनार्थीको भिड बढ्दा डुङ्गा व्यवसायीलाई भ्याइनभ्याइ भयाे । कोरोनाका कारण थलिएको डुङ्गा व्यवसाय मन्दिरमा दर्शनार्थीकाे सङ्ख्या बढेसँगै व्यवसायीलाई केही राहत मिलेकाे डुङ्गा व्यवसायी सङ्घका अध्यक्ष बुद्धिबहादुर नेपालीले बताउनुभयो ।

त्यस्तै पोखरामा १७ औँ फेवा नव वर्ष सडक महोत्सव भइरहेकाले पनि मानिसकाे भिड बढेकाे हाे । 

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया