युक्रेनसँगकाे युद्धका क्रममा क्षति पुगेको रुसी पानीजहाज समुद्रमा डुब्यो

 वैशाख २, २०७९ शुक्रबार ८:४५:४ | एजेन्सी
unn.prixa.net

विस्फोटका कारण क्षतिग्रस्त रुसको एउटा पानीजहाज समुद्रमा डुबेको छ । रुसी नौ सेनाको पानीजहाज डुबेको रुसी रक्षा मन्त्रालयले जनाएको छ ।

ब्ल्याक सीमामा क्षतिग्रस्त जहाज समुद्रको किनारातर्फ तानेर लैजाँदै गर्दा डुबेको रुसको रक्षा मन्त्रालयले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

‘मस्क्भा’ नामको लडाकु पानीजहाजलाई आफूले क्षेप्यास्त्र प्रहार गरेको युक्रेनको दाबी छ ।

१२ हजार टन तौलको पानीजहाज युद्धका क्रममा डुबेको यो दोस्रो विश्वयुद्ध यताकै सबैभन्दा ठूलो हो । यो जहाज सन् १९८० को दशकमा युक्रेनको दक्षिणी सहर मेकलोएभमा बनेको हो । तर रुसले आक्रमणबारे खुलाएको छैन । आगलागी र विस्फोटले जहाजमा क्षति पुगेको रुसी रक्षा मन्त्रालयको दाबी छ।

पाँच सय १० जना रुसी फौज रहेको पानीजहाज युक्रेनविरुद्ध रुसी नौ सैनिक आक्रमणको प्रमुख मानिएको थियो । पानीजहाजमा रहेका सबैलाई अर्को जहाजमा सारिएको रुसले जनाएको छ । 

तस्बिर : हिन्दुस्तान टाइम्स

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया