यो हप्ता सुनको भाउ १७ सय रुपैयाँले बढ्यो

 वैशाख २, २०७९ शुक्रबार ११:१०:१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सुनको भाउ आज फेरि बढेको छ । आज तोलामा ५ सय रुपैयाँले बढेर सुन एक लाख दुई हजार रुपैयाँमा पुगेको छ ।

समग्रमा यो हप्ता सुनको भाउ तोलामा १ हजार ७ सय रुपैयाँले बढेको छ । हप्ताको पहिलो दिन आइतवार तोलामा एक लाख ३ सय रुपैयाँ रहेको सुनको भाउ हप्ताको अन्तिम दिन आज एक लाख दुई हजार रुपैयाँमा पुगेको हो ।

सोमवार दुई सय रुपैयाँले घटेर भाउ एक लाख एक सय रुपैयाँमा झरेको थियो । तर, मङ्गलवार फेरि ८ सय रुपैयाँले बढेर एक लाख ९ सय रुपैयाँमा पुगेको थियो । यस्तै, अस्ति बुधवार पनि तोलामा ६ सय रुपैयाँले बढेर एक लाख एक हजार ५ सय रुपैयाँ पुगेको थियो ।

हिजो नयाँ वर्षका दिन सार्वजनिक बिदा भएकाले सुन चाँदीकाे भाउ तोकिएन । आज हप्ताको अन्तिम दिन फेरि ५ सय रुपैयाँले भाउ बढेर एक लाख दुई हजार रुपैयाँ पुगेको हो।

यस्तै, आज चाँदीको भाउ पनि बढेको छ । तोलामा १५ रुपैयाँले बढेर चाँदी आज १ हजार ४ सय १५ रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ । समग्रमा चाँदी यो हप्ता तोलामा ५० रुपैयाँले बढेको छ। 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया