युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसको दाबी

 वैशाख ४, २०७९ आइतबार ९:२०:२० | एजेन्सी
unn.prixa.net

युक्रेनको मारिउपोल सहर कब्जा गरेको रुसले दाबी गरेको छ।

रुसले त्यहाँ लडिरहेका युक्रेनी सेनालाई आत्मसमर्पण गर्न अल्टिमेटम दिएको छ।

आजसम्म हतियार बिसाउने सेनालाई जीवनदान दिने र भोलिदेखि मारिउपोल सहरमा नाकाबन्दी लगाउने रुसले जनाएको छ।

आत्मसमर्पण गर्नेलाई युद्ध बन्दीलाई गरिने व्यवहार हुने रुसी रक्षा मन्त्रालयले बताएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले उल्लेख गरेका छन् ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मारिउपोलमा अवस्था नाजुक बनेको भन्दै यसअघि नै थप हतियार उपलब्ध गराउन सहयोगी देशसँग अपिल गर्नुभएको थियो। उहाँले आफ्नो भूमि र नागरिकविरुद्ध रुससँग सम्झौता नगर्ने बताउँदै आउनुभएको छ।

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया