अधिकारीलाई गभर्नरबाट हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका कर्मचारी आन्दोलनमा

 बैशाख ४, २०७९ आइतबार १६:१४:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउने सरकारको निर्णयविरुद्ध राष्ट्र बैंकका कर्मचारीले आन्दोलन थालेका छन् । नेपाल राष्ट्र बैंक कर्मचारी सङ्घले गभर्नर निलम्बनको विरुद्धमा केन्द्रीय कार्यालय बालुवाटारमा कालो ब्यानर टाँसेर आज आइतवार विरोध थालेका हुन् । 

सरकारले केन्द्रीय बैंकको स्वायत्ततामाथि हस्तक्षेप गरेको, गभर्नर अधिकारीमाथि निराधार आरोप लगाएको लगायतका विषय आन्दोलनकारी कर्मचारीले उठाएका छन् । विरोध सभामा राष्ट्र बैंक कर्मचारी सङ्घका अध्यक्ष रुद्रप्रसाद तिम्सिनाले सरकारले वित्तीय प्रणालीको दुरुपयोग गरेर राष्ट्र बैंकमाथि आक्रमण गरेकोले विरोध गर्नुपरेको बताउनुभयो । 

यसअघिका गभर्नर हटाउँदा पनि राष्ट्र बैंक कर्मचारी युनियनले विरोध गरेको बताउँदै तिम्सिनाले महाप्रसाद अधिकारीलाई गभर्नरबाट हटाउने निर्णय तत्कालै फिर्ता लिन माग गर्नुभयो । 

सरकारका निर्णय पालना नगरेकाे लगायतका आराेप लगाउँदै गएको चैत २५ गतेको मन्त्रिपरिषद्को बैठकले गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बन गरेर आराेपमाथि छानबिन गर्न समिति गठन गरेकाे थियाे । 

अन्तिम अपडेट: जेठ २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया