सरकारको निर्णयविरुद्ध निलम्बित गभर्नरद्वारा सर्वोच्चमा रिट दर्ता

 बैशाख ४, २०७९ आइतबार १९:३७:४२ | रासस
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – निलम्बित गभर्नर महाप्रसाद अधिकारीले मन्त्रिपरिषद्को निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट निवेदन दायर गर्नुभएको छ । विना जानकारी र विना स्पष्टीकरण आफूमाथि छानबिन गर्ने भनेर सरकारले समिति गठन गरेको उल्लेख गर्दै त्याे निर्णय खारेजीको माग रिट निवेदनमा गरिएको छ । 

सर्वोच्च अदालतका प्रवक्ता विमल पौडेलका अनुसार निलम्बित अधिकारीले सरकारको निर्णयविरुद्ध ल्याएको रिट निवेदन दर्ता भएको छ । आज अलि ढिला रिट दर्ता भएको हो । रिटमाथि सुनुवाइ पर्सि मङ्गलवार हुनेछ । 

सरकारले सर्वोच्च अदालतका पूर्वन्यायाधीश पुरुषोत्तम भण्डारीको नेतृत्वमा छानबिन समिति बनाएर गभर्नर अधिकारीलाई स्वतः निलम्बन गर्ने निर्णय गरेको थियो । छानबिन समितिको त्याे निर्णय खारेज गर्न रिट निवेदनमा माग गरिएको छ । 

मन्त्रिपरिषद्को गएकाे चैत २५ गते बसेको बैठकले अधिकारीमाथि छानबिन गर्न छानबिन समिति गठन गर्ने निर्णय गरेको थियो । 

अन्तिम अपडेट: जेठ ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया