नौ दिनसम्म भक्तपुरमा चलेकाे बिस्केट जात्रा सकियो

 बैशाख ५, २०७९ सोमबार ७:५८:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - नौ दिनदेखि भक्तपुरमा चलिरहेको बिस्काः अर्थात बिस्केट जात्रा आज सकिएको छ । भक्तपुरको कुम्हा टोलमा हात नभएको लिङ्गो ढालेसँगै यस वर्षको भक्तपुरको बिस्काः जात्रा सकिएको हो।

काठमाण्डौको टोखा र काभ्रेको साँगामा पनि बिस्काः बिहान समापन गरिएको छ । भक्तपुरमा हरेक नयाँ वर्षमा परम्परागत रूपमा तान्त्रिक विधिअनुसार बिस्काः जात्रा मनाइन्छ । चैत्र मसान्तमा इन्द्रध्वजासहितको लिङ्गो उठाउएर वैशाख १ गतेका दिन दिनभर भव्य जात्रा एवम् पूजा गरी बेलुका लिङ्गो ढाल्ने परम्परा छ।

चैत मसान्तको दिन बेलुकी गःहिटीमा रहेको भैरवलाई विशेष पूजा गरेर गुुठी संस्थानद्वारा सरकारी पूजा गरेपछि भैरव र भद्रकालीको रथलाई भेलुखेल पुर्याउने बित्तिकै ५५ हातलामो इन्द्रध्वजासहितको लिङ्गो उभ्याउने परम्परा छ ।

लिच्छविकालदेखि बिस्काः जात्राको चार दिन अगाडि भैरव र भद्रकालीको रथ तानेर सुरु गरिने यो जात्रा भक्तपुरवासीले नौ दिन आठरातसम्म मनाउने गर्छन् । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया