सत्ता गठबन्धनकाे बैठक निष्कर्षविहीन, बेलुका फेरि बस्ने

 बैशाख ५, २०७९ सोमबार १३:२३:५३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – पालिका चुनावमा सिट भागबन्डा गर्न बसेकाे सत्तारुढ गठबन्धनकाे बैठक विना निष्कर्ष सकिएकाे छ ।

आज साेमवार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेकाे बैठक निष्कर्षविहीन भएकाे र बैठक बेलुका फेरि बस्ने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे । 

यसअघि सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको हिजाे आइतवार बसेकाे बैठकमा पनि कुनै टुङ्गाे लागेकाे थिएन । पालिका चुनावमा सिट बाँडफाँट गर्न भन्दै केही दिनदेखि सत्ता गठबन्धनकाे बैठक बस्दै आइरहेकाे छ ।  

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया