असारसम्मका लागि सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती

 बैशाख ५, २०७९ सोमबार १४:५:५९ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – सरकारी सुविधाको इन्धन खर्चमा २० प्रतिशत कटौती भएको छ । अर्थ मन्त्रालयले आज साेमवार सूचना निकालेर गएको चैत ३० गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार असारसम्मका लागि सरकारी सुविधाकोे इन्धनमा २० प्रतिशत कटौती गरेको जानकारी गराएको हो । 

पेट्रोलियम पदार्थको उच्च आयातका कारण सरकारको विदेशी मुद्रा सञ्चितिमा चाप परेकाेले आउँदो असारसम्मका लागि इन्धन सुविधा २० प्रतिशत कटौती गरेको सूचनामा उल्लेख छ । चालु आर्थिक वर्षका लागि इन्धन शीर्षकमा विभिन्न मन्त्रालय, निकाय तथा सरकारसँग सम्बद्ध सार्वजनिक सङ्घ–संस्थाले बाँकी बजेटको २० प्रतिशत कटौती गर्नुपर्नेछ ।

यो निर्णय विकास आयोजनाहरू, शान्ति सुरक्षा, अत्यावश्यक सेवा र पालिका चुनावका लागि भने लागू हुने छैन । छुट्टै ऐनबाट इन्धन सुविधा पाइरहेका पदाधिकारीले पाउने इन्धन सुविधा पनि २० प्रतिशतले कटौती हुनेछ ।

इन्धन खर्च कटौतीसम्बन्धी निर्णय पालनाको अनुगमन सबै केन्द्रीय निकाय, सबै संवैधानिक निकाय र प्रदेशको हकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र पालिकामा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गर्ने सूचनामा उल्लेख छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया