रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने

 बैशाख ७, २०७९ बुधबार ११:१५:४८ | एजेन्सी
unn.prixa.net

रुसले पूर्वी युक्रेनमा आक्रमण बढाएपछि पश्चिमा देशले थप युद्धसामग्री पठाउने भएका छन् । युक्रेनका साझेदार देशले थप अश्त्र किभमा पठाउने प्रतिबद्धता जनाएका हुन् ।

पश्चिमा देशका नेताहरुबीच भएको भिडियो वार्तामा अमेरिका र अन्य देशले गोलाबारुद, सैन्य ट्याङ्क र हवाई प्रतिरक्षा सामग्रीलगायतका युद्धका लागि आवश्यक सहायता सामग्री उपलब्ध गराउने वाचा गरेका बीबीसीले जनाएको छ । अमेरिकाले युक्रेनका लागि थप ८० करोड डलर बराबरको सैन्य सहायता घोषणा गर्ने योजना बनाएको छ । त्यसैगरी जर्मन चान्सलर ओलाफ शोल्जले पनि प्रतिरक्षा सामग्री खरिदका लागि युक्रेनलाई रकम उपलब्ध गराउने वाचा गर्नुभएको छ ।

गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण सुरु गरेको रुसले केही दिनदेखि पूर्वी युक्रेनमा आक्रमण तीब्र पारेको छ । युक्रेनले प्रतिरक्षाका लागि सैन्य सहायता बढाउन आफ्ना साझेदार देशहरूलाई आग्रह गर्दै आएको छ । तर रुसले युक्रेनलाई सहयोग गर्ने देशहरुले युद्धलाई थप लम्ब्याउन चाहिरहेको आरोप लगाउँदै आएको छ ।
 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया