एसईईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
पुस ४, २०८१ बिहिबार
काठमाण्डाै – नेपाली नयाँ वर्ष २०७९ को अवसरमा एनसेलले ग्राहकलाई अझै सुलभ दरमा सञ्चार सेवामा पहुँच सुनिश्चित गराउँदै आकर्षक भ्वाइस र डाटा सेवा बन्डलिङ रहेको 'इन्डलेस कम्बो प्याक' हरू सञ्चालनमा ल्याएको छ ।
यो योजना अस्ति साेमवार (वैशाख ५ गते) देखि सञ्चालनमा आएको एनसेलले जनाएकाे छ । यो योजनाअन्तर्गत एनसेलका प्रिपेड ग्राहकले करसहित २५ रुपैयाँमा बिहान ५ देखि बेलुका ५ बजेसम्म प्रयोग गर्न सकिने 'डे कम्बो प्याक' र बेलुका १० देखि भोलिपल्ट बिहान ७ बजेसम्म प्रयोग गर्न सकिने गरी दुई आकर्षक प्याकहरूबाट फाइदा लिन सक्छन् ।
'डे कम्बो प्याक' अन्तर्गत प्रिपेड ग्राहकले एक सय एमबी डाटा र दुई सय मिनेटको अल नेट टक टाइम (अन्य कुनै पनि सेवा प्रदायकको नम्बरमा कल गर्न सकिने) प्राप्त गर्दछन् । ग्राहकले *१७११८*१# वा *१७१२३*२# डायल गरी यो प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्ने कम्पनीले जनाएकाे छ ।
बेलुकाको समयमा भ्वाइस तथा डाटा प्रयोग गर्न चाहने ग्राहकले दुई सय ५० एमबी डाटा र दुई सय ५० मिनेटको अल नेट टक टाइम भएको आकर्षक कम्बो प्याक २५ रुपैयाँमा सुरु गर्न सक्छन् । प्रिपेड ग्राहकले *१७११८*१# डायल गरी प्याक सुरु गर्न सक्छन् । त्यस्तै ग्राहकले एनसेल एपबाट पनि यो प्याक सुरु गर्न सक्छन् ।
सुलभ दरमा ग्राहकलाई भ्वाइस तथा डाटा सेवा प्रदान गर्ने प्रतिबद्धताअनुसार यी आकर्षक कम्बो प्याकहरू ल्याएको एनसेलले जनाएकाे छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।