रुससँग वार्ताका लागि युक्रेनको प्रस्ताव

 वैशाख ८, २०७९ बिहीबार ११:४३:४ | एजेन्सी
unn.prixa.net

युक्रेनले रुससँग वार्ताका लागि प्रस्ताव पठाएको छ । मारियुपोल शहरमा रुसी आक्रमण तीव्र भएका बेला युक्रेनले मध्यस्थकर्तामार्फत वार्ताको प्रस्ताव पठाएको बीबीसीले जनाएको छ ।

युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सर्वसाधारणलाई शहरबाट बाहिर निकाल्ने उद्देश्यले वार्ताको प्रस्ताव पठाएको खबरमा उल्लेख छ । रुससँग निःशर्त विशेष चरणको वार्ता गर्न आफूहरु तयार रहेको युक्रेनी प्रस्तावमा अहिलेसम्म रुसले कुनै प्रतिक्रिया जनाएको छैन । युक्रेनी वार्ताकार मिखाइलो पोदोलियाकले आफ्ना सैनिक, सर्वसाधारण, बालबालिका र घाइतेलगायतलाई बचाउन वार्ताको प्रस्ताव गरेको ट्वीट गर्नुभएको छ ।

रुसले मारियुपोल नियन्त्रण गरे त्यो उसको कब्जामा पुग्ने सबैभन्दा ठूलो युक्रेनी शहर हुनेछ । मारियुपोल मस्कोका लागि विभिन्न कारणले महत्त्वपूर्ण मानिएको छ ।
 

अन्तिम अपडेट: असार १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया