ग्यास प्लान्ट विष्फाेट :‍ मृतककाे परिचय खुल्याे, ७ जनाकाे उपचार हुँदै

 वैशाख ८, २०७९ बिहीबार १३:२४:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

ललितपुर – सगरमाथा अक्सिजन ग्यास प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाएका एक जनाको परिचय खुलेकाे छ । 

बिहीवार ललितपुर महानगरपालिका–१५ मा रहेको औद्योगिक क्षेत्रमा रहेकाे बिहान १० बजेर ५ मिनेटमा सगरमाथा अक्सिजन नेपाल प्रा.लि.मा अक्सिजन सिलिण्डर भर्ने क्रममा ग्यास लिक भइ पड्किँदा ब्रिजमोहन महतोको ज्यान गएको प्रहरीले जनाएकाे छ । मृतक ब्रिजमोहन महतोको शरीर क्षतविक्षत भएको  ललितपुर प्रहरी परिसर प्रवक्ता एसपी सिद्धिविक्रम शाहले  बताउनु भयो ।

घाइतेमध्ये एकजनाको अवस्था गम्भीर रहेको र उहाँको बी एण्ड बी अस्पतालमा उपचार भइरहेको ललितपुर प्रहरीका प्रवक्ता शाहले जानकारी दिनुभयो । उहाँका अनुसार घाइते एक जनाको अवस्था गम्भीर छ भने उहाँको एउटा खुट्टा छिनिएको छ । अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको उहाँले बताउनु भयो । अहिले घटनास्थलमा नेपाल प्रहरीको विपद् व्यवस्थापन टिमले शुरुवाती अनुसन्धान गरिरहेको र शुरुवाती अनुसन्धानपछि यसको विस्तृत अनुसन्धान हुने एसपी शाहले बताउनु भयो ।

त्यस्तै दुर्घटनास्थलको निरीक्षणका लागि पुग्नुभएका उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले मृतकको परिवारले पाउने राहत सरकारले तत्काल दिने बताउनु भयो । उहाँले अन्य घाइतेलाई सरकारले उपचार गर्ने पनि प्रतिवद्धता जनाउनु भयो । मन्त्री बडूले अक्सिजन भर्ने क्रममा यसरी बिस्फोट हुनु साधारण नभएको भन्दै यसलाई गहन अनुसन्धान गर्ने बताउनु भयो । उहाँले सरकारले यो विषयलाई प्राथमिकताका साथ राखेर प्राविधिकहरुलाई बोलाएर नै अनुसन्धान गर्ने बताउनु भयो । मन्त्री बडूले घाइतेहरु सबैले तत्काल उपचार पाउनुपर्ने र यस बारेमा सरकारले आफ्नो कर्तव्य पूरा गर्ने बताउनुभयो ।

अन्तिम अपडेट: असोज १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया