प्रतिनिधिसभामा ६ वटा अध्यादेश पेश
माघ १८, २०८१ शुक्रबार
रसुवा – माथिल्लो मैलुङ 'ए' जलविद्युत् आयोजनाको निर्माण कार्य डेढ वर्षदेखि रोकिएको छ । आयोजना निर्माणका लागि रकम अपुग भएपछि काम रोकिएको हो । आयोजनाका प्रोजेक्ट इन्चार्ज दुर्गासुमन जोशीका अनुसार आयोजनामा लगानी जुटाउने काम भइरहेको छ । अब चुनावपछि आयोजनाको काम अघि बढ्ने छ । रसुवा र धादिङको सीमा क्षेत्र सोमदाङमा निर्माण भइरहेको आयोजनाको उत्पादन क्षमता ६ दशमलव ४२ मेगावट रहेको छ ।
आयोजनाले प्रसारण लाइन निर्माणतर्फको काम मात्र बाँकी रहेको जनाएको छ । हिउँ पर्ने समय, वर्षा र चाडपर्वको समयमा आयोजनामा काम नहुने भएकाले आयोजना निर्माणमा ढिलाइ भएको आयोजनाका प्रोजेक्ट इन्चार्ज जोशीको भनाइ छ ।
‘नियमित काम गर्न सकिएमा झन्डै ६ महिनामा सकिन्छ’, उहाँले भन्नुभयो, ‘यस क्षेत्रमा वर्षको ६ महिनामा मात्र काम हुने भएकाले उत्पादन तालिका केहीपछि धकेलिए पनि अबको एक वर्षमा हामी बिजुली उत्पादन सुरु गर्छाैँ ।’
यो आयोजना तोकिएको समय सीमाभित्र निर्माण सम्पन्न हुन नसकेपछि अहिलेसम्म तीन पटक म्याद थप भइसकेको छ । आयोजनाका अनुसार भूकम्प, नाकाबन्दी, ठेकेदार परिर्वतन, भौगोलिक विकटता, कोभिड–१९, हिउँ पर्ने समयमा काम गर्न नसकिने लगायतका कारण समयमा नै बिजुली उत्पादन हुन नसकेको हो ।
वन क्षेत्रबाट प्रसारण लाइन बनाउनुपर्ने भएकाले स्वीकृतिका लागि प्रक्रिया अघि बढाइएको छ । अर्को वर्षदेखि उत्पादन सुरु गर्ने गरी काम गरिरहेको आयोजनाले ग्राङसम्म आफूले नै प्रसारण लाइन निर्माण गर्नुपर्छ । आयोजनाकाअनुसार सोमदाङदेखि ग्राङसम्म १६ किलोमिटर प्रसारण लाइन निर्माण गर्नुपर्छ । हरेक वर्ष असारदेखि भदौसम्म र पुसदेखि चैतसम्म दुई चरणमा निर्माण काम रोकिने गरेको छ । यो आयोजनाको काम २०६९ सालदेखि सुरु भएको हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।