राष्ट्र सङ्घका महासचिव गुट्रेस र रुसी राष्ट्रपति पुटिनबीच मङ्गलवार भेटवार्ता हुने

 वैशाख १०, २०७९ शनिबार ७:५६:३ | एजेन्सी
unn.prixa.net

संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टाेनियो गुट्रेस र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता हुने भएको छ । आउँदो मङ्गलवार हुने भेटवार्ताका लागि महासचिव गुटरेस रुसको राजधानी मस्को जाने बीबीसीले जनाएको छ ।

युक्रेनमा भइरहेको द्वन्द्व अन्त्य गरेर शान्ति कायम गर्ने मुख्य लक्ष्य लिएर गुट्रेस मस्को जान लाग्नुभएको खबरमा उल्लेख छ ।

यसैबीच, युक्रेनका उप–प्रधानमन्त्री लिर्याना भरेस्चुकले रुसले कब्जा गरेको मारिउपोलबाट नागरिकको उद्धारको लागि संयुक्त राष्ट्रसँग अपिल गर्नुभएको छ ।

मारिउपोलमा एक लाखभन्दा धेरै नागरिक खाना, पानी, विद्युत् र सञ्चार सम्पर्कबाट विच्छेद भएर कठिन अवस्थामा रहेको भन्दै उपप्रधानमन्त्री भरेस्चुकले संयुक्त राष्ट्र सङ्घको सहयोग माग्नुभएको खबरमा उल्लेख छ ।

नागरिकको उद्धार गर्ने काम अब संयुक्त राष्ट्र सङ्घबाट मात्रै सम्भव भएको उहाँले बताउनुभएको छ ।

यस्तै, युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले रुसले युक्रेनमा गरेको आक्रमण एउटा सुरुवात मात्रै भएको चेतावनी दिनुभएको छ ।

गएराति भिडिओ सन्देश जारी गर्दै जेलेन्स्कीले रुसले अहिले युक्रेनमा आक्रमण गरेजस्तै भविष्यमा युरोपका अन्य देश पनि कब्जा गर्ने उद्देश्यसहित आक्रमण गर्न सक्ने भन्दै चेतावनी जारी गर्नुभएको छ ।

युरोपेली देश र अमेरिकाले युक्रेनलाई थप सैन्य सामग्री सहयोग गर्नुपर्ने र रुसमाथिका प्रतिबन्ध अझै कडा बनाउँदै लगेमा मात्रै रुसीको शक्तिको उन्मादलाई कम गर्न सकिने जेलेन्स्कीको भनाइ छ ।

यस्तै, अमेरिकाले पनि युक्रेनलाई थप सहयोग गरेर रुसलाई परास्त गर्न भन्दै अर्को हप्ता २० वटा देशसँग बृहत् छलफल गर्ने भएको छ ।

जर्मनीमा हुने छलफलमा नेटोमा आबद्ध देशसहित २० देशको सहभागिता रहने अपेक्षा गरिएको अमेरिकाले जनाएको छ । अमेरिका, बेलायत, पोल्यान्ड लगायतका देशले रुससँग लड्नको लागि युक्रेनलाई अत्याधुनिक हतियार पठाइरहेका छन् । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया