युद्धका कारण देश छाडेका युक्रेनी घर फर्किँदै, सीमा क्षेत्रमा ट्राफिक जाम

 वैशाख १०, २०७९ शनिबार ८:९:४८ | एजेन्सी
unn.prixa.net

रुसको आक्रमणका कारण देश छाडेका युक्रेनी नागरिक फर्किन थालेका छन् । पछिल्ला केही दिनयता युक्रेन–पोल्यान्ड सीमामा स्वदेश फर्कनेहरुको लर्को लागेको बीबीसीले जनाएको छ।

युद्धका कारण अन्य देशमा गएर घर फर्कने नागरिकहरुको कारण सीमा क्षेत्रमा ठूलो ट्राफिक जाम लागेको खबरमा उल्लेख छ । युक्रेनकी सांसद लेसिया भास्यलेन्कोले स्वदेश फर्कनेहरुका कारण पोल्यान्डसँगको नाकामा सयौँ गाडीको लाम लागेको तस्बिर सामाजिक सञ्जाल ट्वीटरमा पोस्ट गर्नुभएको छ ।

युद्ध सुरु भएयता अहिलेसम्म ५१ लाख युक्रेनीले देश छाडेका छन् । तर पछिल्लो समय देश फर्कने बढिरहेको र गएकाे हप्ता दैनिक ३० हजार जनाका दरले नागरिक युक्रेन प्रवेश गरेका संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।

देश फर्किएका नागरिकले यसै हप्ता ठूलो सभा गरेर शान्तिको लागि प्रार्थना गर्ने योजना रहेको खबरमा उल्लेख छ । युक्रेनबाट सबैभन्दा धेरै पोल्यान्डमा २८ लाख, रोमानियामा सात लाख, हङ्गेरीमा पाँच लाख, मोल्दोभामा साढे चार लाख, रुसमा झन्डै ६ लाख जना नागरिक शरणार्थीको रुपमा पुगेका छन् ।
 

अन्तिम अपडेट: असार २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया