दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
मंसिर ९, २०८१ आइतबार
प्रजातान्त्रिक गणतन्त्र कङ्गोमा इबोला भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।
कङ्गोको इक्वेटर प्रान्त मबान्डा क्षेत्रमा इबोला भाइरसबाट एक जनाको ज्यान गएको र उनमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्री जिनले विज्ञप्तिमार्फत जानकारी दिनुभएको छ । त्यहाँ अहिलेसम्म एउटा मात्रै केस पुष्टि भएको विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले जनाएको छ ।
ज्यान गुमाउनेमा ३१ वर्षका पुरुष रहेका सीएनएनले जनाएको छ । इबोला सङ्क्रमण भएका बिरामीको सम्पर्कमा आएका जो कोहीलाई पनि पहिचान गरी निगरानीमा राखिनेछ । सन् २०१८ यता कङ्गोको इक्वेटर प्रान्तमा यो तेस्रो प्रकोप हो ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।