इङ्ग्ल्याण्डसँगको टी–२० शृङ्खला भारतले एक खेल अगावै जित्यो
माघ १९, २०८१ शनिबार
काठमाण्डाै – राजस्व अनुसन्धान विभागले १८ करोड पाँच लाख रुपैयाँ मूल्य अभिवृद्धि कर (भ्याट) छलेको आरोपमा पाँच जनाविरुद्ध मुद्दा दर्ता गरेको छ ।
विभिन्न झुटा बिलविजक मार्फत राजस्व छलेको आरोपमा विभागले पाँच जनाविरुद्ध बिगोको दोब्बरले हुने रकम ३६ करोड ११ लाख ३७ हजार रुपैयाँ जरिबाना सजायको माग राखेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गराएको हो ।
काठमाण्डौ बाफलको शुभलक्ष्मी इन्टरनेशनलका सञ्चालक मनिषकुमार अग्रवाल, एचबी ट्रेड सप्लायर्सका हितेषकुमार अग्रवाल र विमल अग्रवाल, सीतापाइलाको एमके इन्टरनेशनलका सञ्चालक प्रमित महर्जन र गणपति ट्रेड लिङ्कका सञ्चालक दीपेन्द्रकुमार अग्रवालविरुद्ध मुद्दा दायर भएको हो ।
उनीहरूले कर छल्ने उद्देश्यले जालसाजीयुक्त, नक्कली तथा झुटा भ्याट बिल खरिद गरेर सरकारलाई नोक्सानी पुर्याएकाे राजस्व अनुसन्धान विभाग पुल्चोक ललितपुरले जनाएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।