हवाई सुरक्षामा नेपालकाे प्रगति, आईकाओले दिने नम्बर ७०.१ प्रतिशत पुग्याे

 वैशाख १२, २०७९ सोमबार २०:२८:३४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अन्तर्राष्ट्रिय हवाई सुरक्षाको (एअर सेफ्टी) अडिटमा नेपालले प्रगति गरेको छ । आज साेमवार नेपाल नागरिक उड्डयन प्राधिकरणले पत्रकार सम्मेलन गर्दै अन्तर्राष्ट्रिय नागरिक उड्डयन सङ्गठन (आईकाओ) ले अप्रिल १३ देखि २५ तारिकसम्म गरेको वृहत् अध्ययन तथा मूल्याङ्कन (अडिट) ले दिने नम्बरमा नेपालले प्रगति गरेको बताएको हो । 

पत्रकार सम्मेलनमा प्राधिकरणका महानिर्देशक ई. प्रदीप अधिकारीले आईकाओले दिने नम्बरमा प्रगति भएर ७० दशमलव १ प्रतिशत पुगेको बताउनुभयो । उहाँले यस अगाडि गरिएको अडिटले नेपालले ६६ दशमलव ०२ प्रतिशत नम्बर पाएकाेमा यो वर्षमा गरिएको अडिटमा ३ दशमलव ४३ प्रतिशत बढेकाे जानकारी दिनुभयाे ।

महानिर्देशक अधिकारीले हवाई सुरक्षा प्रत्याभूति गर्ने विभिन्न सुझाव कार्यान्वयनको अवस्थालाई मूल्याङ्कन गर्दै आईकाओको अडिटले नेपालको सुरक्षा स्तर बढाएको बताउनु भयो । उहाँले आईकाओको अडिटले नेपाली आकाश सुरक्षित छ भन्ने सन्देश विश्वभर पुगेको बताउनुभयो ।

आईकाओकाे अडिट अनुसार अहिलेसम्म एसिया प्रशान्त क्षेत्रको औसत परिपालना दर ६१ दशमलव ४ प्रतिशत रहेको र विश्वको औसत परिपालना दर ६७ दशमलव २ प्रतिशत रहेकोमा नेपालले यी दुवै औसत दरमा माथि रही परिपालना दर ७० दशमलव १ प्रतिशत कायम गर्न सफल भएको छ ।

नेपालले हवाई सुरक्षामा प्रगति गरे पनि विगत लामो समयदेखि युरोपियन युनियन (ईयू) ले नेपालको उड्डयनलाई अझै कालोसूचीबाट हटाएको छैन । २०७० मङ्सिरदेखि ईयूले नेपाली जहाजलाई युरोपको आकाशमा प्रतिबन्ध लगाएको छ । नेपालको हवाई सुरक्षा संवेदनशील रहेको जनाउँदै युनियनले प्रतिबन्ध लगाएको थियो । आईकाओको अडिटमा नेपालको अन्तर्राष्ट्रिय हवाई  सुरक्षा प्रगति देखिएपछि कालोसूचीबाट हट्ने सम्भावना देखिएको छ । 

अन्तिम अपडेट: माघ १८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया