एलन मस्कद्वारा ४४ बिलियन डलरमा ट्विटर खरिद

 वैशाख १३, २०७९ मंगलबार ६:४९:३४ | एजेन्सी
unn.prixa.net

अमेरिकी धनाढ्य एलन मस्कले सामाजिक सञ्जाल ट्विटर खरिद गर्नुभएको छ । विश्वकै ठूलोमध्येको एक सामाजिक सञ्जाल कम्पनी ट्विटर मस्कले ४४ बिलियन अमेरिकी डलरमा खरिद गर्नुभएको बीबीसीले जनाएको छ ।

मस्कले ट्विटरको सबै शेयर प्रति कित्ता ५४ दशमलव २० डलरका दरले किन्नुभएको हो । उहाँले केही दिनअघि ट्विटरको नौ प्रतिशत शेयर खरिद गर्नुभएको थियो ।

खरिद–बिक्री सम्झौतापछि ट्विटरको इन्डिपेन्डेन्ट बोर्डका अध्यक्ष ब्रेट टेलरले ट्विटरको सबै सेयर होल्डर्सलाई नगदमा आकर्षक प्रिमियम प्राप्त हुने र जसबाट शेयरधनीलाई फाइदा हुने बताउनुभएको छ । 

ट्विटर खरिद गरेपछि नयाँ मालिक मस्कले ट्विटरमा नयाँ सुविधा थपेर पहिलेभन्दा राम्रो बनाउन कोसिस गर्ने बताउनुभयो । उहाँले वाक स्वतन्त्रता लोकतन्त्रको मुख्य अधिकार भएको भन्दै ट्विटरमा मानवताको भविष्यका लागि विभिन्न मुद्दामा बहस हुने बताउनुभएको बीबीसीले जनाएको छ ।  
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया