चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै
मंसिर २०, २०८१ बिहिबार
काठमाडौं – सङ्घीय समाजवादी फोरम नेपालले संविधान दिवसको दिन कालो दिवस नमनाउने स्पष्ट पारेको छ ।
सत्ता साझेदार दलहरुसँग संविधान संशोधन गर्ने सम्बन्धमा समझदारी भइसकेको भन्दै तत्काल पार्टीले कालो दिवस मनाउने कुनै निर्णय नगरेको फोरमले स्पष्ट पारेको छ ।
फोरम पार्टीले सोमबार विज्ञप्तिमार्फत संविधानसभाबाट जारी भएको नेपालको संविधानप्रति असहमति, विरोध र फरक धारणा यथावत् रहे पनि पार्टीले कालो दिवस मनाउनेजस्ता कार्यक्रममा सहभागी हुन तत्काल कुनै निर्णय नगरेको जनाएको हो ।
पार्टीले सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको स्थापनाका साथै मधेशी, आदिवासी जनजाति, दलित, महिला, खस, थारु, मुस्लिमलगायत शोषित उत्पीडित जनताको पक्षमा सङ्घर्षरत रहँदै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
‘संशोधनको माध्यमबाट संविधानमा रहेका कमीकमजोरीलाई सच्याउँदै, प्राप्त अधिकारलाई संरक्षण गर्दै थप अधिकार प्राप्त गर्न हाम्रो पार्टी र सरकारमा रहेका दलहरुसँग समझदारी भएको छ’, पार्टीका उपमहासचिव प्रकाश अधिकारीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।