राेकिराखेकाे ट्रकमा माेटरसाइकल ठाेक्किँदा धनुषामा ३ जनाकाे ज्यान गयाे

 बैशाख १३, २०७९ मंगलबार १४:४०:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

धनुषा – धनुषामा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोक्किँदा तीन जनाको ज्यान गएको छ । 

क्षीरेश्वरनाथ नगरपालिका ५ को भित्री सडक खण्डमा रोकिराखेको ना २ ख ८६२४ नम्बरको ट्रकमा तीन जना सवार लु ८३ प ८६५२ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको धनुषा प्रहरीका प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्रकुमार बस्नेतले जानकारी दिनुभयो । दुर्घटनामा जनकपुरधाम उपमहानगरपालिका ४ का २० वर्षीय सुमित भिण्डेबाल र धनुषाकाे विजय नगरपालिका ५ का १८ वर्षीय अविनाश मण्डलको ज्यान गएको हो । अर्का एक जनाको परिचय खुलेको छैन ।  

ज्यान गुमाएका तीन जनाकै शव अहिले प्रादेशिक अस्पताल जनकपुरधाममा राखिएको प्रहरीले जनाएकाे छ । 

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया