पश्चिमा देशको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढायाे : रुस

 वैशाख १३, २०७९ मंगलबार १४:५२:१९ | एजेन्सी
unn.prixa.net

रुसी विदेशमन्त्री लाभराेभ, तस्बिर : एजेन्सी

रुसले युक्रेन मामिलामा पश्चिमा देशहरूको क्रियाकलापले तेस्रो विश्व युद्धको जोखिम बढेको बताएको छ । रुसी विदेशमन्त्री सर्गेई लाभरोभले युक्रेनलाई उस्काउने, भड्काउने र हतियार दिने पश्चिमा देशको मनाेवृत्तिले तेस्रो विश्व युद्धको खतरा वास्तविकतातर्फ उन्मुख भएको बताउनुभएको समाचार संस्था एएफपीले जनाएको छ । 

पश्चिमा देशले युक्रेनलाई रुससँग शान्ति वार्ता गर्नबाट रोकेको, अत्याधुनिक हतियार दिइरहेको र रुसविरुद्ध ठूला सञ्चारमाध्यम प्रयोग गरेर भ्रम छरिरहेको लाभरोभको आरोप छ । रुसको आक्रमणको प्रतिरक्षा गर्न र युक्रेनको मनोबल बढाउन भन्दै उत्तर एटलान्टिक सन्धि सङ्गठन (नाटो) का सदस्य देशका केही राष्ट्र प्रमुख र अमेरिकी विदेशमन्त्रीको टोलीले युक्रेन भ्रमण गरिसकेका छन् । 

यसैबीच अमेरिकाको आग्रहमा जमर्नीमा आज ४० वटा देश सहभागी भएर सुरक्षा सम्मेलन गर्दैछन् । रुसले युक्रेनमा आक्रमण थालेको २ महिना वितिसकेपनि युक्रेनले अनपेक्षित रुपमा प्रतिरक्षा गर्न सफल भएको र रुसले अपेक्षित सफलता हात पार्न नसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया