चितवनमा धान उत्पादन घट्यो
मंसिर ६, २०८१ बिहिबार
काठमाण्डाै – शेयर बजार परिसूचक नेप्से आज मङ्गलवार पनि दोहोरो अङ्कले घटेको छ । हिजो साेमवार झन्डै ३५ अङ्कले घटेको नेप्से आज १५ दशमलव शून्य दुई अङ्कले घटेर दुई हजार तीन सय ७० दशमलव ९९ विन्दुमा झरेको छ ।
आज उत्पादन र म्युचल फन्ड बाहेक सबै समूहको शेयर ओरालो लागेको छ । नेप्सेसँगै कारोबार रकममा पनि निकै कमी आएको छ । दुई सय २८ वटा कम्पनीका ३४ लाख १९ हजार कित्ता शेयर एक अर्ब चार करोड ६० लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सिद्धार्थ बैंकको चार करोड २१ लाख रुपैयाँको शेयर किनबेच भयो ।
आज हिमालयन पावर पार्टनर र मल्टिपर्पोज फाइनान्सको शेयर पाँच प्रतिशतभन्दा धेरैले घटेको छ । समग्रमा बजार घटे पनि जालपा लघुवित्तको शेयर १० प्रतिशतले बढेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।