एमालेसँग मिलेमतो गर्ने कांग्रेसका प्रदेश सांसद मल्ल पार्टीबाटै निष्कासित

 वैशाख १३, २०७९ मंगलबार १८:५०:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग मिलेमतो गरेर पार्टीको हित विपरीतका क्रियाकलाप गरेको भन्दै नेपाली कांग्रेसले सुदूरपश्चिम प्रदेश सभाका सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट निष्कासित गरेको छ । 

प्रधानमन्त्री तथा कांग्रेसका सभापति शेरबहादुर देउवाको गृह जिल्ला डडेल्धुरामा पार्टीको निर्णय उल्लङ्घन गर्ने र एमालेसँग मिलेर बागी उम्मेदवारी दिएको भन्दै कांग्रेसले उहाँलाई पार्टीबाटै हटाइएको मुख्य सचिव कृष्णप्रसाद पौडेलले निकालेको विज्ञप्तिमा उल्लेख छ । 

मल्ल कांग्रेस डडेल्धुराका निवर्तमान पार्टी सभापति पनि हुनुहुन्छ । 

अन्तिम अपडेट: असार १६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया