परीक्षा हलभित्र विद्यार्थीकाे तस्बिर र भिडियाे खिच्न राेक

 वैशाख १४, २०७९ बुधबार १९:४७:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले विद्यालय तथा विश्वविद्यालयका परीक्षामा तस्बिर तथा भिडियो खिच्न रोक लगाएको छ ।

माध्यमिक शिक्षा परीक्षा (एसईई) चलिरहेका बेला गृह मन्त्रालयले विज्ञप्ति निकालेर विश्वविद्यालय तथा विद्यालय वार्षिक तथा अरू परीक्षामा कार्यालय प्रयोजनबाहेक विद्यार्थीको तस्बिर तथा भिडियो नखिच्न आग्रह गरेको हो ।

यस्तै विज्ञप्तिमा अनुगमनका नाममा ठूलो सङ्ख्यामा परीक्षा हलमा प्रवेश गर्ने गरिएको पाइएको र यसले परीक्षाको वातावरण अस्वस्थ बनाएको भन्दै तोकिएका निरीक्षकबाहेक अनुगमनका नाममा परीक्षा हलमा प्रवेश नगराउन पनि भनिएको छ ।

अन्तिम अपडेट: पुस २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया