रुसले ग्यास र व्यापारलाई युरोप विरुद्ध हतियारको रुपमा प्रयोग गरेको युक्रेनी राष्ट्रपति जेलेन्स्कीको भनाइ

 बैशाख १५, २०७९ बिहिबार १२:२५:३४ | एजेन्सी
unn.prixa.net

युक्रेनी राष्ट्रपति भलोदिमिर जेलेन्स्कीले रुसले ग्यास र व्यापारलाई युरोप विरुद्ध हतियारको रुपमा प्रयोग गरेको बताउनुभएको छ । रुसले पोल्याण्ड र बुल्गेरियामा हिजोदेखि ग्यास आपूर्ति बन्द गरेको छ । युरोपेली आयोगले पनि रुसले पोल्याण्ड र बल्गेरियामा ग्यास निर्यात बन्द गरेर मोलमोलाइ गरेको आरोप लगाएको छ । 

यस्तै रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेन युद्धमा हस्तक्षेप गर्न खोज्ने कुनै पनि देशले तत्काल रुसी प्रतिक्रियाको सामना गर्नुपर्ने चेतावनी दिनुभएको छ । पुटिनले आफूहरुसँग सबै खाले उपकरण रहेको र आवश्यक परेमा प्रयोग गर्ने भन्दै कुनै पनि देशले घमण्ड गर्न नहुने बताउनुभएको हो । पुटिनको भनाईलाई ब्यालेष्टिक क्षेप्यास्त्र र आणविक हतियारहरूसँग जोडेर हेर्न सकिने बीबीसीले जनाएको छ ।

युक्रेनका सहयोगी देशहरूले हतियारको आपूर्ति बढाएका बेला पुटिनको यस्तो चेतावनी आएको हो । अमेरिकासहित अरु देशले रुसलाई पराजित गर्ने सुनिश्चित गर्ने वाचा गर्दै युक्रेनलाई सैन्य सहायता दिइरहेका छन् । युक्रेनी सेनाको कठोर प्रतिक्रियाका कारण रुसी सेनाले हार बेहोरिरहेका बीबीसीले जनाएको छ ।

अन्तिम अपडेट: जेठ १, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया