आमाछाेराले एकैसाथ पर्खालबाट हाम फाले : ७४ वर्षीया आमाकाे ज्यान गयाे, छाेरा घाइते

 वैशाख १५, २०७९ बिहीबार १२:४२:५७ | रासस
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भक्तपुर – मोरङ सुन्दर हरैचा नगरपालिका–९ विराटचोक घर भई हाल मध्यपुरथिमि नगरपालिका–५ कमेरोटारमा डेरा गरी बस्ने आमा–छोराले एकैसाथ ५० मिटर अग्लो पर्खालबाट हामफाल्दा आमाको ज्यान गएको छ भने छोरा गम्भीर घाइते भएका छन् ।

कमेरोटामा डेरा कोठा नजिकै रहेको कमेरोटारको पिपलकाे रुखकाे फेदमा लगाइएकाे अन्दाजी ५० मिटर अग्लाे हामफाल्दा ७४ वर्षीया मनमाया तिमिल्सिनाको घटनास्थलमै ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो । 

पर्खालबाट हामफाल्दा गम्भीर घाइते भएका मृतकका कान्छो छोरा ४९ वर्षीय मातुराम तिमिल्सिनाको मध्यपुर अस्पतालमा प्राथमिक उपचारपश्चात वीर अस्पतालमा उपचार भइरहेको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रारम्भिक अनुसन्धान गर्दा घटनामा संलग्न दुवै जना डिप्रेशनको बिरामी रही लामो समयदेखि औषधि सेवन गर्दै आइरहेको पाइएको र थप उपचार भइरहेको उहाँले जानकारी दिनुभयो ।

घटनास्थलमा सुसाइड नोटसमेत भेटिएको छ । यसबारेमा बुझ्दा महानगरीय प्रहरी बृत्त थिमिका प्रहरी नायब उपरीक्षक हरिनन्दन चौधरीले १९ वर्षदेखि डिप्रेसनको औषधि सेवन गर्दा भएको शारीरिक र मानसिक पीडा सहन नसकी मृत्यु रोजेको विषय लेखेको जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान जारी रोखको उहाँले बताउनुभयो ।

त्यस्तै आज ओखलढुङ्गा सुनकोशी गापा–९ घर भई हाल मध्यपुरथिमि नगरपालिका–३ कौशलटारमा डेरा गरी बस्ने ५० वर्षीय लालविनोद कटुवाल शौचालयमा लडेर मृत्यु भएको छ । शौचालयमा लडेर घाइते भएका कटुवालको भक्तपुर इन्टरनेशनल अस्पताल कौशलटारमा उपचारका क्रममा मृत्यु भएको उहाँले जानकारी दिनुभयो । घटनाबारे प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया