यो वर्ष पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धि, अर्थतन्त्रको आकार साढे ४८ खर्ब रुपैयाँ

 बैशाख १५, २०७९ बिहिबार १३:४०:३६ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - केन्द्रीय तथ्याङ्क विभागले चालु आर्थिक वर्षमा ५ दशमलव आठ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागले आज पत्रकार सम्मेलन गरेर चालुु आर्थिक वर्षको पहिलो नौ महिनाकाे तथ्याङ्क विश्लेषणका आधारमा पाँच दशमलव आठ प्रतिशतको आर्थिक वृद्धिदर हुने अनुमान गरेको हो ।

अर्थ मन्त्रालयले यो वर्ष सात प्रतिशत वृद्धिदरको लक्ष्य राखेको छ भने अन्तर्राष्ट्रिय मुद्रा कोष आईएमएफले चार दशमलव एक प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको छ ।

विभागका अनुसार चालु आर्थिक वर्षमा कृषि क्षेत्रको वृद्धिदर २ दशमलव ३ प्रतिशत, उद्योगको वृद्धिदर १० दशमलव ३ प्रतिशत र सेवा क्षेत्रको वृद्धिदर ५ दशमलव ९ प्रतिशत हुनेछ ।

यसैबीच, यो आर्थिक वर्षभित्र नेपालको कुल गार्हस्थ उत्पादन जीडीपी साढे ४८ खर्ब रुपैयाँ पुग्ने अनुमान गरेको छ ।

बजार मूल्यका आधारमा अर्थतन्त्रको आकार ४८ खर्ब ५१ अर्ब रुपैयाँ पुग्ने विभागले जनाएको छ । यस्तै, चालु आर्थिक वर्षका लागि प्रतिव्यक्ति कुल गार्हस्थ उत्पादन १ हजार ३ सय ७२ अमेरिकी डलर र प्रतिव्यक्ति राष्ट्रिय आय १ हजार ३ सय ८१ अमेरिकी डलर पुग्ने विभागको प्रक्षेपण छ ।

यस्तै, चालु आर्थिक वर्षमा आयात २० खर्ब र निर्यात ३ खर्ब २० अर्ब  रुपैयाँ पुग्ने पनि विभागले अनुमान गरेको छ । 

अन्तिम अपडेट: बैशाख ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया