दाङमा जीप दुर्घटना हुँदा १० जना घाइते

 बैशाख १५, २०७९ बिहिबार १४:४८:४५ | हेमराज शर्मा
unn.prixa.net

दाङ - दाङको तुलसीपुरमा आज दिउँसाे जीप दुर्घटना हुँदा १० जना घाइते भएका छन्। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेकाे छ ।

जुँगारबाट तुलसीपुरका लागि छुटेकाे रा १ ज ५१० नम्बरकाे जीप राप्ती राजमार्ग अन्तर्गत तुलसीपुर-३ चोर खोला नजिकै दुर्घटनामा परेको थियो ।

इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी श्यामु अर्यालले घुम्ती बाटोमा जीपको गति तीव्र भएकाले दुर्घटना भएको जानकारी दिनुभयाे । 

घाइतेमध्ये पाँच जनालाई थप उपचारका लागि बाँकेको  कोहलपुर पठाइएको छ भने पाँच जनाको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।

घाइतेहरुको परिचय खुलेको छैन।

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हेमराज शर्मा

दाङमा बसेर पत्रकारिता गर्ने हेमराज शर्मा लामो समयदेखि उज्यालोमा कार्यरत हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया