शेयर बजार झन्डै २० अङ्कले घट्यो, कारोबार रकममा भने सुधार

 बैशाख १५, २०७९ बिहिबार १५:४०:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - कारोबार हुने हप्ताको अन्तिम दिन शेयर बजार दोहोरो अङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज १९ दशमलव ९७ अङ्कले घटेर दुई हजार तीन सय ५६ दशमलव २० बिन्दुमा झरेको छ ।

सबै समूहको शेयर आज ओरालो लागेको छ । नेप्से घटे पनि कारोबार रकममा भने सामान्य सुधार आएको छ । दुई सय २६ वटा कम्पनीका ४५ लाख ७४ हजार कित्ता शेयर एक अर्ब ४९ करोड ६२ लाख रुपैयाँमा कारोबार भएका छन् ।

सबैभन्दा धेरै आईएमई जनरल इन्स्याेरेन्स कम्पनीको पाँच करोड २५ लाख रुपैयाँको शेयर किनबेच भएको छ । आज सबैभन्दा धेरै गुहेश्री मर्चेन्ट एन्ड फाइनान्स कम्पनीको शेयर झन्डै चार प्रतिशतले घटेको छ । समग्रमा बजार घटे पनि जाल्पा लघुवित्त कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । 

अन्तिम अपडेट: बैशाख ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया