लाेसपाकाे घोषणा पत्र : सार्वजनिक गाडी निःशुल्क

 वैशाख १६, २०७९ शुक्रबार १३:४९:२८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी, नेपालले पालिका चुनावको घोषण पत्र सार्वजनिक गरेको छ । आज काठमाण्डौको बबरमहलमा रहेकाे पार्टी केन्द्रीय कार्यालयमा घोषणा पत्र सार्वजनिक गरिएको हो । 

घोषणापत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्ने व्यवस्था गर्ने, सार्वजनिक गाडीकाे भाडा निःशुल्क गर्ने, गरिबका लागि स्वास्थ्य उपचार निःशुल्क हुने व्यवस्था गर्ने लगायतका महत्वाकाङ्क्षी योजना उल्लेख गरिएको छ ।  

सीमा क्षेत्रको संवेदनशीलतालाई बुझेर त्यहाँका जनजीवनको सुरक्षा गर्नुपर्ने कुरालाई पनि घोषणापत्रमा प्राथमिकता दिइएको छ । घोषणापत्रमा आर्थिक समानता र स्वतन्त्रता हुनुपर्ने पनि भनिएको छ ।

जनकपुरलाई अन्तराष्ट्रियस्तरको प्रदेश राजधानी बनाउने तथा विराटनगर, भैरहवा र नेपालगञ्जलाई नेपालको आर्थिक विकासको मेरुदण्डको रूपमा विकास गर्ने, लुम्बिनीलाई बुद्ध धर्मावलम्बीहरूका लागि अन्तराष्ट्रिय तीर्थस्थल र ध्यान केन्द्र बनाउने कुरा पनि घोषण पत्रमा समावेश गरिएको छ । 

घाेषणापत्रकाे पूर्ण पाठ–

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया