पाेखराकाे मेयरमा बागी उम्मेदवारी दिएका कांग्रेसका २ जनाले मनाेनयन फिर्ता लिए

 बैशाख १६, २०७९ शुक्रबार १७:२६:५१ | सागर राज तिमिल्सिना
unn.prixa.net

कास्की – पोखरा महानगरपालिकाको मेयरमा बागी उम्मेदवारी दिएका नेपाली कांग्रेसका दुई जनाले मनोनयन फिर्ता लिएका छन् । 

मेयरमा बागी उम्मेदवारी दिनुभएका ऋषिराम सापकोटा र नन्दप्रसाद तिवारीले आज शुक्रवार निर्वाचन अधिकृतको कार्यालयमा गइ मनोनयन फिर्ता लिनुभएको हो । तर कांग्रेसबाटै बागी उम्मेदवारी दिएका विमल कार्कीले भने उम्मेदवारी फिर्ता लिनुभएको छैन । 

मनोनयन फिर्ता लिएपछि सापकोटाले केही दिन साङ्केतिक विद्रोह गरेको तर आफूहरूको कारणले देशकाे स्थिति असहज हुने देखेर फिर्ता लिएको बताउनुभयो । त्यस्तै तिवारीले भने कांग्रेसको इमानदार कार्यकर्ताको हैसियतमा पार्टीको निर्णय मानेर सत्तारूढ गठबन्धनका उम्मेदवारलाई मत दिनु आफूहरुको दायित्व भएको बताउनुभयो । 

पोखरा महानगरपालिकामा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा गठबन्धनले मेयरमा एकीकृत समाजवादीका धनराज आचार्यलाई समर्थन गर्ने निर्णय गरिसकेको छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

सागर राज तिमिल्सिना

कास्कीमा रहेर पत्रकारिता गर्ने सागर उज्यालाेका जिल्ला सहकर्मी हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया