बालेन र गनेशलाई लौरो चिन्ह, भरतपुरका बागी पौडेललाई भुइँकटर

 वैशाख १७, २०७९ शनिबार १४:२७:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – काठमाण्डौ महानगरपालिकाकाे स्वतन्त्रबाट मेयरका उम्मेदवार बालेन्द्र शाह (बालेन) ले चुनाव चिन्ह लौरो पाउनुभएको छ । निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र उम्मेदवार शाहलाई लौरो चुनावचिन्ह प्रदान गर्नुभएको हो । यस्तै काठमाण्डौ महानगरपालिकाको मेयरमा राष्ट्रिय यर्थाथवादी पार्टीबाट उम्मेदवारी दिनुभएका आनन्दराज जोशीले खसीको टाउको चुनाव चिन्ह्र पाउनुभएको हो ।

यसैबीच पोखरा महानगरपालिकाका स्वतन्त्र उम्मेदवार गनेस पौडेलले पनि चुनाव चिन्ह लौरो नै पाउनुभएको छ । अटेरी अभियान चलाइरहेका पौडेललाई पनि निर्वाचन अधिकृतको कार्यालयले लौरो चुनावचिन्ह दिएको हो । त्यस्तै, भरतपुर महागनरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका जगन्नाथ पौडेलले भुँइकटहर चुनाव चिह्न पाउनुभएको छ । उहाँले बागी उम्मेदवारी दिएपछि नेपाली कांग्रेस नेताहरूले फिर्ता लिन दवाव दिएका थिए । उम्मेदवारी फिर्ता लिन नमानेपछि कांग्रेसले पार्टीबाट निष्कासन गरेको छ । अब उहाँ भूँइकटहर चुनाव चिह्न लिएर मेयरमा प्रतिस्पर्धा गर्दै हुनुहुन्छ ।

यसैगरी, धनगढी उपमहानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार गोपाल हमालले आँप चुनाव चिह्न पाउनुभएको छ । आज देशभर निर्वाचन अधिकृतको कार्यालयले उम्मेदवारलाई चुनाव चिह्न वितरण गरेको छ ।

अन्तिम अपडेट: मंसिर ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया