युक्रेनमा बलात्कारका घटना बढेपछि दातृ संस्थाले गर्भनिरोधक चक्की वितरण गर्दै

 वैशाख १७, २०७९ शनिबार १५:५१:२७ | एजेन्सी
unn.prixa.net

रुसी आक्रमणको सामना गरिरहेको युक्रेनमा बलात्कारका घटना बढेपछि गर्भनिरोधक चक्की वितरण गर्न थालिएको छ । बलात्कारका घटना अत्याधिक बढेपछि बलात्कृत किशोरी तथा महिलाहरुले अनिच्छित गर्भको पनि सामाना गर्न नपरोस् भनेर दातृ संस्थाहरु आपत्कालीन गर्भनिरोधक चक्की पिल्स उपलब्ध गराउन लागिपरेका बीबीसीले जनाएको छ ।

इन्टरनेसनल प्लान्ड प्यारेन्टहुड फेडेरेसनले झण्डै तीन हजार प्याकेट पिल्स उपलब्ध गराएर स्वयम्सेवकहरुले बाँढीरहेका छन् । बलात्कारको कारण गर्भवती बन्नु अभिशाप जस्तै हुने भएकोले पिल्स वितरणलाई जोड दिइएको वितरण कार्यमा संलग्न क्यारोलिन हिक्सनले बताउनुभएको बीबीसीले जनाएको छ । किशोरी तथा महिलाहरु बलात्कारमा परेको पाँच दिनभित्र सम्पर्कमा आएमा स्वयंसेवकले नै पिल्स दिने गरेको र ढिला गरी आएकाहरुलाई स्वास्थ्यकर्मीको निगरानीमा पिल्स दिने गरेको उहाँले बताउनुभयो ।

अहिले वितरण भइरहेको चक्की  गर्भाधारण भएको २४ हप्तासम्म प्रयोग गर्न सकिन्छ । युक्रेनमा युद्ध शुरु भएपछि संयुक्त राष्ट्र संघको जनसंख्या कोषले पनि मातृत्व सम्बन्धी औषधि उपलब्ध गराइरहेको छ ।   
 

अन्तिम अपडेट: असोज ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया