रुसले लाखौँ टन गहुँ चोरेको युक्रेनको आरोप

 वैशाख १७, २०७९ शनिबार १८:१६:१ | एजेन्सी
unn.prixa.net

फाइल तस्बिर

युक्रेनले रुसले लाखौँ टन गहुँ चोरेको आरोप लगाएको छ । युक्रेनका उप कृषिमन्त्री तारास भिसोत्स्कीले रुसी सेनाले कब्जा गरेको क्षेत्रबाट लाखौँ टन गहुँ चोरेको आरोप लगाउनुभएको बीबीसीले जनाएको छ ।

कब्जा गरेका ठाउँबाट अझै १५ लाख टन अन्न चोर्न सक्ने जोखिम रहेको बताएको खबरमा उल्लेख छ । युक्रेनको आरोपबारे रुसले प्रतिक्रिया जनाएको छैन । रुसको व्यापक आक्रमण र बन्दरगाहमा भएको अवरोधका कारण युक्रेनमा अन्न उत्पादनमा बाधा पुगेको छ । युक्रेनमा उत्पादन घट्दा संसारभर खाद्यान्नको मूल्य बढ्ने र अभाव हुने चिन्ता बढेको छ । तर उप मन्त्री भाइसोत्स्कीले युक्रेन र छिमेकी देशलाई भोकमरीमा जान नदिने बताउनुभएको छ । युक्रेनबाट अस्ति बिहीबार मात्रै ७१ हजार टन मकै बोकेको कार्गो जहाज रोमानिया गएको छ  ।
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया