‘अटेरी’ उम्मेदवार गनेशको चुनाव चिह्न लौरो नै पक्का

 बैशाख १७, २०७९ शनिबार १९:४६:१० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - पोखरा महानगरपालिकाको मेयर पदमा अटेरी अभियान चलाइरहेका गनेश पौडेलको पनि चर्चा छ । उहाँले चुनाव चिह्न लौरो पाउनुभएको छ ।

लौरौ चुनाव चिह्न पाएपछि प्रचारमा खटिएको अटेरी अभियानको समूहले दिउँसो लौरो नपाउने खबर पाएपछि निर्वाचन अधिकृतको कार्यालय अगाडि नाराजुलुस समेत गरेको थियो । पछि उहाँले लौरो नै चिह्न पाउनुभएको छ ।

पोखरामा स्वतन्त्र उम्मेदवार सात जना मात्रै रहेकोले सातौँ लहरसम्मको मात्र चुनाव चिह्न दिनुपर्नेमा आठौँ लहरको परेपछि विवाद भएको र पछि एक लहर थप्ने निर्णय गरेर लौरो नै दिएको कास्कीका मुख्य निर्वाचन अधिकृत श्रीकृष्ण भट्टराईले बताउनुभयो ।

निर्वाचन आयोगले यसअघि नै ६ वटा सबै महानगरपालिकाको मतपत्र उम्मेदवारहरुलाई चुनाव चिह्न दिएपछि मात्रै छपाउने निर्णय गरेको छ ।

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया