जनकपुरलाई हराउँदै सुदूरपश्चिम एनपीएलकाे फाइनलमा
पुस ३, २०८१ बुधबार
काठमाण्डाै – निजी शैक्षिक संस्थाले हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय नमान्ने भएका छन् । उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) का महासचिव लोकबहादुर भण्डारीले सरकारले निजी शैक्षिक संस्थासँग कुनै छलफल नगरि गरिएकाे निर्णय नमान्ने बताउनु भयो ।
न्युज एजेन्सी नेपालीसँग कुरा गर्दै उहाँले हप्तामा दुई दिन बिदा दिँदा विद्यार्थीमा मानसिक दबाब पर्ने र पढाएको नबुझ्ने उल्लेख गर्दै हप्तामा दुई दिन बिदा दिने सरकारको निर्णय मान्न नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, ‘यो अपर्झट निर्णय आएको छ । हामीलाई पढाउन समय नै पुग्दैन । अरू सार्वजनिक बिदा धेरै छन् । सार्वजनिक बिदा नहुने हो भने यो बिदालाई स्वीकार्नु हुन्थ्यो । पहिला पनि अभ्यास त भएको थियो तर यो सम्भव छैन भन्ने लाग्छ । हामीले आइतवारलाई बिदाको रूपमा मानेर जाने सम्भावना कम छ । सार्वजनिक बिदा कटाउने हो भने यसलाई निरन्तरता दिन सकिन्छ । विद्यार्थीको शैक्षिक गुणस्तरमा वृद्धि ल्याउनका लागि पनि हामीलाई आइतवार चाहिन्छ । हामी पढाउनेछौँ ।’
त्यस्तै राष्ट्रिय निजी तथा आवासीय विद्यालय सङ्घ (नेशनल प्याबसन) का सचिव विष्णु पराजुलीले पनि सरकारले निजी क्षेत्रसँग छलफल नै नगरि हप्तामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको भन्दै आपत्ति जनाउनु भयो । उहाँले कर्मचारीलाई हेरेर सरकारले त्याे निर्णय गरेको भन्दै विद्यालयको हकमा त्यो लागू गर्न नसकिने बताउनु भयो । सचिव पराजुलीले हप्तामा दुई दिन बिदा दिने सरकारकाे निर्णय अव्यावहारिक भएको भन्दै निजी क्षेत्रमा काम गर्ने कर्मचारीका लागि पनि दुई दिन बिदा दिने निर्णयले महत्त्व नराख्ने धारणा राख्नुभयो ।
उहाँले भन्नुभयो, ‘१० औँ हजार विद्यालयकाे हामीले प्रतिनिधित्व गरिरहँदा सरकाले हामीलाई बोलाएर गर्ने कि नगर्ने, गर्दा कसरी गर्ने भन्ने विषयमा छलफल नगरिकन मिडियामा आएपछि मात्रै हामीले थाहा पाएका थियौँ । याे निर्णय निजी क्षेत्रमा काम गर्नेहरूलाई आवश्यक छैन । शिक्षामा वार्षिक १२/१३ करोड रुपैयाँ बढी खर्च हुन्छ भने दुई दिन बिदा गर्नु व्यावहारिक छैन ।कोरोनाका कारण शिक्षा क्षेत्र धेरै तल पुगिसकेको अवस्थाबाट भर्खर लयमा फर्किएको छ । यस्तो बेलामा सरकारकाे यस्तो किसिमको निर्णय दुर्भाग्यपूर्ण हो ।’
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।