भारतीय प्रधानमन्त्री मोदी बुद्ध जयन्तीका दिन नेपाल आउने

 वैशाख २०, २०७९ मंगलबार ७:३८:१० | एजेन्सी
unn.prixa.net

फाइल फाेटाे

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी बुद्ध जयन्तीका दिन नेपाल भ्रमणमा आउने तयारी भएको छ । भारतीय पत्रिका 'द हिन्दु' का अनुसार प्रधानमन्त्री मोदी जेठ २ गते बुद्ध जयन्तीका दिन लुम्बिनी भ्रमणमा आउने योजनामा हुनुहुन्छ । भ्रमण केही घण्टाको मात्रै हुनेछ ।

सन् २०१९ मा पुनः प्रधानमन्त्री निर्वाचित भएपछि मोदीको यो पहिलो नेपाल भ्रमण हुनेछ । बुद्ध जयन्तीका अवसरमा लुम्बिनीमा विशेष समारोह हुनेछ । नेपालका प्रधानमन्त्री देउवाले एक महिनाअघि भारतको औपचारिक भ्रमण गरेकाले मोदीको नेपाल भ्रमणका क्रममा द्विपक्षीय वार्ता हुने छैन । तर मोदी र देउवा मायादेवी मन्दिर परिसरमा हुने दीप प्रज्ज्वलनमा सहभागी हुने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री मोदी दिल्लीबाट कुशीनगर अन्तर्राष्ट्रिय विमानस्थलमा आउने र त्यहाँबाट लुम्बिनी आइपुग्ने कार्यक्रम छ ।

प्रधानमन्त्री भएपछि मोदीले सन् २०१४ र २०१८ मा गरी चार पटक नेपालको भ्रमण गर्नुभएको थियो । सन् २०१८ मा जनकपुर र मुक्तिनाथ भ्रमण गरेका मोदीले समय अभावका कारण लुम्बिनीको भ्रमण स्थगित गर्नुभएको थियो । सन् २०१५ मा नाकाबन्दी र त्यसपछि सन् २०१९ मा सीमा विवादका कारण दुई देशबीचको सम्बन्धमा तनाव उत्पन्न भएको थियो ।

यो भ्रमणबाट बुद्धको जन्मस्थललाई लिएर उत्पन्न विवादलाई पनि मत्थर पार्ने अपेक्षा गरिएको द हिन्दुले लेखेको छ । मोदी अहिले तीन दिने भ्रमणका क्रममा युरोपमा हुनुहुन्छ । 

अन्तिम अपडेट: मंसिर ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया