रुसले मरिपोल स्टिल उद्योगमा फेरि आक्रमण गरेको युक्रेनको दाबी

 वैशाख २०, २०७९ मंगलबार ७:५९:४५ | एजेन्सी
unn.prixa.net

तस्बिर : म्याक्सआर टेक्नाेलाेजी

युक्रेनले नागरिकको उद्धार नसकिँदै मरिपोलको स्टिल उद्योगमा रुसले फेरि आक्रमण गरेको दाबी गरेको छ । स्टिल उद्योगमा फसेका सयौँ नागरिकको उद्धार कार्य बाँकी रहेका बेला रुसले आक्रमण गरेको युक्रेनको आरोप छ । 

युक्रेनी सुरक्षाकर्मीका अनुसार स्टिल उद्योगमुनि रहेको बङ्करमा अझै कैयाैँ बालबालिका र नागरिक फसेका छन् । त्यहाँ फसेका नागरिकलाई अन्तै लैजाने प्रयास भइरहेको छ ।

उद्योगमा आश्रय लिएर बसेका नागरिकलाई आइतवारदेखि उद्धार थालिएको थियो । केहीको उद्धार भएको बीबीसीले जनाएको छ । स्टिल उद्योगबाट उद्धार गरिएको पहिलो समूह जापोरिझिया सहरमा पुग्दैछ ।

संयुक्त राष्ट्र सङ्घ (यूएन) र अन्तर्राष्ट्रिय रेडक्रसले फसेका नागरिकलाई उद्धार गरेर अन्तै लैजान सहयोग गरिरहेका छन् । जापोरिझिया सहर मरिपोलबाट एक सय ४० माइल उत्तर–पश्चिममा रहेको छ । 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया