युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा रुसद्वारा फेरि आक्रमण

 वैशाख २०, २०७९ मंगलबार १९:२२:५२ | एजेन्सी
unn.prixa.net

रुसले युक्रेनको मरिउपोलमा रहेको स्टिल उद्योगमा फेरि आक्रमण गरेको छ ।

अस्ति आइतवार केही गैरसैनिकको उद्धार गरिएकोमा आज फेरि हवाई आक्रमण गरेको युक्रेनको राष्ट्रिय गार्डका कमान्डर डेनिस श्लेगालाई उदृत गर्दै बीबीसीले जनाएको छ । स्टिल उद्योगमा अझै सयौँ गैरसैनिक उद्धारको पर्खाइमा रहेका र उनीहरुको जीवन अत्यन्तै कष्टकर रहेको पनि उहाँले बताउनुभयो ।

स्टिल उद्योगभित्र फसेकाहरुमा बालबालिका धेरै रहेका छन् । रुसले युक्रेनको मरिउपोलमा एउटा स्टिल उद्योगबाहेक सबै क्षेत्र कब्जा गरेको छ । स्टिल उद्योगलाई युक्रेनी सेनाले सेल्टर बनाएको छ।

यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोनसनले आज युक्रेनको संसदमा सम्बोधन गर्दै हुनुहुन्छ ।

उहाँले युक्रेनका लागि थप तीन सय मिलियन पाउण्डको सैन्य सहायता घोषणा गर्न लाग्नुभएको बीबीसीले जनाएको छ । जोनसनको सम्बोधन युक्रेनमा रुसले आक्रमण सुरु गरेपछि युक्रेनी संसदमा विदेशी नेताको पहिलो सम्बोधन हुनेछ । उहाँले भिडियो लिङ्कमार्फत सम्बोधन गर्न लाग्नुभएको हो । 
 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया