काभ्रेको मङ्गलटरमा जीप र भारतीय बस ठोक्किँदा ५ जनाको ज्यान गयो, १८ जना घाइते

 बैशाख २१, २०७९ बुधबार १४:५४:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – काभ्रेमा बस र जीप ठोक्किँदा पाँच जनाको ज्यान गएको छ । बस र जीप ठाेक्किँदा १८ जना घाइते भएका छन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठोक्किँदा पाँच जनाको ज्यान गएको हो ।

ज्यान गुमाउनमध्ये एक जना बालक पनि रहेका र उनीहरूको परिचय नखुलेको प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले उज्यालोलाई जानकारी दिनुभयो । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु र सबै नेपाली रहेका उहाँकाे भनाइ छ ।

घाइते १८ जनामध्ये केहीको स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने गम्भीर केहीलाई धुलिखेल अस्पताल पठाइएको डीएसपी खतिवडाले बताउनुभयाे । 

तस्बिर : मिलन लामा मिप्चनकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया