काभ्रे : बस र जीप ठाेक्किँदा ज्यान गुमाएका पाँचै जनाकाे परिचय खुल्याे

 बैशाख २१, २०७९ बुधबार १६:३१:२२ | उज्यालो सहकर्मी
unn.prixa.net

काभ्रे – काभ्रेमा बस र जीप ठोक्किँदा ज्यान गुमाएकै पाँचै जनाको परिचय खुलेकाे छ । 

दुर्घटनामा ज्यान गुमाउनेमा सिन्धुलीकाे कमलामाई नगरपालिका ७ का ३० वर्षीय विक्रम श्रेष्ठ, कमलामाई ४ का ४५ वर्षीय हरिबहादुर बल, सुनकोशी गाउँपालिका १ की ४४ वर्षीया प्रमिला नेपाली रहेका छन् । यस्तै दुर्घटनामा रामेछापकाे खाँडादेवी गाउँपालिका ८ की सम्झना भुसाल र उहाँका छोरा ६ वर्षीय सङ्गीतकाे ज्यान गएकाे प्रहरीले जनाएको छ । ज्यान गुमाउने पाँचै जना जीपका यात्रु हुन् ।

काठमाण्डौबाट जनकपुरका लागि छुटेको भारतीय नम्बर प्लेटको बस यूपी ५८ टी ८१८१ र सिन्धुलीबाट काठमाण्डौका लागि छुटेको ना १ ज ४२१० नम्बरकाे जीप काभ्रेको रोशी गाउँपालिका ११ मङ्गलटारमा ठाेक्किँदा पाँच जनाकाे ज्यान गएकाे थियाे ।

दुर्घटनामा घाइते भएका १८ जनाकाे धुलिखेल अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) हरि खतिवडाले जानकारी दिनुभयाे । प्रहरीले दुवै गाडीलाई नियन्त्रणमा लिएर घटनाको थप अनुसन्धान गरिरहेको छ । 

तस्बिर : मिलन लामा मिप्चनकाे फेसबुकबाट

अन्तिम अपडेट: बैशाख २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया