रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने ईयूको प्रस्ताव, युद्ध अपराध रोक्न दबाब पुग्ने दाबी

 वैशाख २१, २०७९ बुधबार १९:४३:४० | एजेन्सी
unn.prixa.net

युरोपियन युनियन (ईयू) ले रुसी इन्धन पूर्णरूपमा निषेध गर्ने प्रस्ताव गरेको छ । युरोपियन कमिसनका अध्यक्ष उर्सुला भोन डेर लेयनले रुसबाट युरोपमा हुने क्षति न्यूनीकरणका लागि रुसी खनिज तेल पूर्णरूपमा निषेध गर्ने र युद्ध अपराधका संदिग्धहरूलाई प्रतिबन्ध लगाउने सहितका कडा कदम चाल्ने प्रस्ताव गर्नुभएको बीबीसीले जनाएको छ । 

आउँदो ६ महिनाभित्र रुसी कच्चा तेल रोक्ने र चरणबद्ध रूपमा अरू प्रतिबन्धहरू लगाउने उहाँको प्रस्ताव छ । युरोपेली संसदमा सम्बोधन गर्दै अध्यक्ष लेयनले ईयूको कदमले रुसका सबै युद्धअपराधीहरूलाई जवाफदेही बनाउने बताउनुभयो । 

ईयूले रुसी तेल र ग्यासबाट आफूलाई कसरी छुटकारा दिने भन्नेमा हप्तौँदेखि छलफल गरिरहेको छ । ईयूले सन् २०२२ को अन्त्यसम्ममा रुसबाट ग्यास आयात दुई तिहाइले घटाउने वाचा गरिसकेको छ ।

अहिले रुसी तेलमा निर्भर स्लोभाकिया र हङ्गेरीलाई वैकल्पिक आपूर्तिकर्ता खोज्न थप एक वर्ष दिइनेछ । तर हङ्गेरियन सरकारका प्रवक्ताले रुसी ग्यास विस्थापनको योजना वा ग्यारेन्टीहरू नदेखेको बताउनुभएको बीबीसीले जनाएको छ । ईयूको योजना कार्यान्वयन गर्न सदस्य राष्ट्रको स्वीकृति चाहिन्छ । ईयूले यसअघि रुसी बैंकको कारोबारलगायत अरू थुप्रै प्रतिबन्धहरू लगाइसकेको छ । 

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया