आज बेलुकासम्म सबै जिल्लामा मतपत्र ढुवानी हुने

 बैशाख २३, २०७९ शुक्रबार ७:३८:६ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - निर्वाचन आयोगले आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी हुने जनाएको छ ।

मधेस प्रदेशका ८ जिल्ला बाहेक अरु जिल्लामा यसअघि नै मतपत्र ढुवानी भइसकेको छ । आज बेलुकासम्ममा सबै जिल्लामा मतपत्र ढुवानी भइसक्ने आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

आयोगले हिजो पालिका चुनावका लागि आवश्यक मतपत्र छपाइको काम सकिएको जनाएको थियो । यसपालि दुई करोड सात लाख चार हजार मतपत्र छापिएको छ । ४३ पालिकामा पुनः मतपत्र छाप्नु परेकाले यसअघिको लक्ष्यभन्दा धेरै छपाइ भएको आयोगका प्रवक्ता पौडेलले बताउनुभयो ।

पुनः १३ लाख चार हजार मतपत्र छापिएको हो । आयोगले ६ महानगर र भक्तपुरका लागि आवश्यक मतपत्र उम्मेदवारको अन्तिम नामावली प्रकाशन भएपछि छपाइ थालेको थियो । पालिका चुनावका लागि कुल मतदाता एक करोड ७७ लाख ३३ हजार ७ सय २३ जना रहेका छन् । 

अन्तिम अपडेट: जेठ ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया