चीनमा काेराेना सङ्क्रमण बढेपछि एसियाली खेलकुद स्थगित

 बैशाख २३, २०७९ शुक्रबार १४:१६:६ | एजेन्सी
unn.prixa.net

चीनको हाङझाउ सहरमा आउँदो सेप्टेम्बरमा हुने भनिएको एसियन गेम्स (एसियाली खेलकुद) स्थगित भएको छ । चीनमा कोरोना भाइरसको सङ्क्रमण बढ्दै गएका कारण एसियाली खेलकुद स्थगित गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएकाे छन । 

ओलम्पिक काउन्सिल अफ एसिया (ओसीए) का कार्यवाहक अध्यक्ष रणधीर सिंहले एसियन गेम्स स्थगित भएको जानकारी दिएका रोयटर्सले जनाएको छ । एसियाली खेलकुदको १९ औँ संस्करण झेजियाङ प्रान्तको राजधानीमा सेप्टेम्बर १० देखि २५ सम्म हुने तय भएको थियो । 

ओसीएको कार्यकारी समितिको बैठकपछि एसियाली खेलकुद स्थगित गर्ने निर्णय गरिएको हो । सन् २०२३ मा व्यस्त अन्तर्राष्ट्रिय क्यालेन्डर भएका कारण आयोजकले नयाँ मितिको घोषणा गरेको छैन । 

 

नेपालले एसियाडमा २३ खेलमा प्रतिस्पर्धा गर्ने निर्णय गरिसकेको थियो । यस प्रतियोगिताका लागि नेपालले खेलाडी छनोटसमेत सुरु गरिसकेको छ ।

अन्तिम अपडेट: जेठ ४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया