सत्ता गठबन्धन र एमालेको आज पनि ठाउँठाउँमा चुनावी सभा

 वैशाख २४, २०७९ शनिबार ११:२४:२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - सत्ता गठबन्धन र प्रतिपक्ष दल एमालेले आज पनि ठाउँठाउँमा चुनावी सभा गर्दैछ । चुनावको प्रचार गर्ने समय केही दिन मात्र बाँकी रहेको बेला शीर्ष नेताहरू चुनावी अभियानमा छन्। गठबन्धनले आज रुपन्देहीको बुटवलमा सभा तथा शक्ति प्रदर्शन गर्दैछ ।

चुनावी सभामा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापा, माओवादी नेता चन्द्रप्रकाश खनाल बलदेवलगायतल सम्बोधन गर्ने तयारी छ । पालिका चुनावको मुख्य दिन नजिकिएसँगै सत्तारुढ पाँच दलीय गठबन्धनले चुनावी प्रचारलाई तीव्रता दिएको छ ।

गठबन्धनले अस्ति बिहीवार चितवन र हिजो काठमाण्डौमा संयुक्त चुनावी सभा गरेको थियो । आजै प्रधानमन्त्री एवम् कांग्रेस सभापति देउवा तनहुँको दमौलीमा हुने चुनावी सभामा सहभागी हुने कार्यक्रम छ । व्यास नगरपालिका–३ अनसन चौतारीमा हुने सभालाई देउवासहित नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र प्रवक्ता डा. प्रकाशशरण महतले सम्बोधन गर्ने कार्यक्रम रहेको कांग्रेस तनहुँका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

यस्तै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ मधेस प्रदेशको राजधानी जनकपुर पुग्नुभएको छ । त्यहाँ उहाँले गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्नुहुनेछ । यस्तै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पनि आज प्रदेश एकका विभिन्न ठाउँमा हुने सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

 

अन्तिम अपडेट: कात्तिक १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया