क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गयो

 वैशाख २४, २०७९ शनिबार ११:४६:१४ | एजेन्सी
unn.prixa.net

क्युबाको एक होटलमा शक्तिशाली विस्फोट हुँदा १८ जनाको ज्यान गएको छ । ६० जनाभन्दा धेरै घाइते भएका छन् ।

ज्यान गुमाउनेमा गर्भवती र एक जना बच्चा समेत रहेका बीबीसीले जनाएको छ ।  पुरानो हवानामा रहेको साराटोगा नामक पाँचतारे होटलमा  ग्यास चुहावटका कारण विस्फोट भएको अनुमान छ । विस्फोटका कारण बाहिरी पर्खालको धेरै भाग समेत भत्किएको छ ।

भग्नावशेषमा फसेकाहरुको खोजी र उद्धारको काम भइरहेको खबरमा उल्लेख छ ।  घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ ।  होटलबाट एक ब्लक टाढा बस्दै आएकी एक महिलाले विस्फाेट अति नै भयानक भएकाेले भूकम्प गएजस्तै अनुभूति भएको बताएकी छिन् ।

विस्फोटपछि आकाशमा कालो धुवाँ उडेको र केही पनि नदेखिएको प्रत्यक्षदर्शीले बताएका छन् । होटलको पछाडि विद्यालयसमेत रहेकाे तर विस्फोटबाट विद्यालयमा भने कुनै क्षति नपुगेकाे बीबीसीमा उल्लेख छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया