शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडि नै फर्किनुपर्छ : युक्रेनी राष्ट्रपति

 वैशाख २४, २०७९ शनिबार १२:३६:४७ | एजेन्सी
unn.prixa.net

युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले शान्ति सम्झौताका लागि रुस फेब्रुअरी २४ अगाडिको अवस्थामा फर्कनुपर्ने बताउनुभएको छ ।

युक्रेनको राजधानी किएभबाट बेलायतमा रहेका विशेषज्ञ समूहसँग कुरा गर्दै उहाँले आफ्नो देशले स्वीकार्न सक्ने न्यूनतम विषयबारे जानकारी दिनुभएको हो ।

जेलेन्स्कीले रुस र युक्रेनबीचको कुटनीतिक वार्ता फेरि सुरु गर्न आह्वान गर्नुभएको छ । तर आफूले सानो युक्रेन नभइ समग्र युक्रेनको नेतृत्व गरिरहेको उहाँको भनाइ छ ।

रुसी सेनाले अहिले दक्षिणपूर्वी सहर मारिऊपोलको स्टिल उद्योगमा आक्रमण गरिरहेको छ । त्यहाँ अझै पनि केही युक्रेनी नागरिक र सैनिक फसेका छन् । राष्ट्रपति जेलेन्स्कीले युक्रेनमा आक्रमण गरेपछि कब्जा गरेको भू–भागमाथि रुसले निरन्तर पकड कायम राख्न नसक्ने दाबी समेत गर्नुभएको बीबीसीले जनाएको छ ।

रुसले गएको फेब्रुअरी २४ देखि युक्रेनमा आक्रमण गर्दै आएको छ ।

अन्तिम अपडेट: असोज ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया