तालिबान सरकारद्वारा सार्वजनिक ठाउँमा महिलालाई बुर्का लगाउन आदेश

 वैशाख २४, २०७९ शनिबार १७:२३:१९ | एजेन्सी
unn.prixa.net

अफगानिस्तानका तालिबान प्रमुखले देशका महिलालाई सार्वजनिक स्थानमा बुर्का लगाउन आदेश दिएका छन् । अफगानिस्तानका सर्वोच्च नेता तथा तालिबान प्रमुख हिबातुल्लाह अखुन्दजादाले अब महिलाहरुले बुर्का नलगाइ सार्वजनिक स्थानमा देखा पर्न नसक्ने आदेश दिएको समाचार संस्था एएफपीले जनाएको छ ।

यो आदेश गएको अगस्टमा तालिबानले सत्ता कब्जा गरेयताकै सबैभन्दा कठोर नियन्त्रण भएको खबरमा उल्लेख छ । तालिबानले बुर्काको अनिवार्यतालाई सम्मानजनक परम्परा भएको जिकिर गरेको छ । महिलाहरुले पुरुषको नजरबाट बच्न र पुरुषलाई उत्तेजित हुनबाट रोक्न पनि बुर्का लगाउनुपर्ने  शरिया कानुनको निर्देशन रहेको तालिबानको आदेशमा उल्लेख छ । यस्तै कुनै महत्वपूर्ण काम नभएमा महिला घरभित्रै बस्दा राम्रो हुने तालिबानको सुझाव छ । 
 

अन्तिम अपडेट: भदौ ३०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया